Techie IT
२०८३ जेष्ठ ९, शनिबार

"जनयुद्ध नभएको भए आज केपी शर्मा ओली त्यो स्थानमा पुग्ने थिएनन्" - लेखराज भट्ट


नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आफूलाई र पूर्वमाओवादी समूहलाई हेपिएको महसुस भएको भन्दै असन्तोष व्यक्त गरेका छन् । पुस २१ गतेदेखि तीन दिन चलेको एमाले केन्द्रीय कमिटीको बैठकका क्रममा पार्टी छोडेको भनी फैलिएको अफवाहले भट्ट विवादको केन्द्रमा परेका थिए ।

यसैबीच, पुस २३ गते भट्टकै गृहनगर कैलालीको गोदावरी नगरपालिकाका केही संगठित सदस्यले पार्टी छोडेको विज्ञप्ति सार्वजनिक भएको थियो । तर, त्यसको भोलिपल्टै उनीहरूमध्ये २८ जनाले अर्को विज्ञप्ति जारी गरी पार्टी नछोडेको स्पष्ट पारेका थिए ।

भट्टको निवासको भाइरल अडियो
हालै, भट्टको निवासमा कार्यकर्ताहरूसँग गरिएको संवादको एउटा अडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तोष जनाउँदै, "माओवादीमा हुँदा प्रचण्डसँग लडियो, तर अहिले केपी ओलीसँग जुध्न सकिरहेको छैन," भनेका छन् । तर, समयआएपछि केपी सँग पनि जुध्नुपर्ने अडियोमा भनेको सुनिन्छ ।

उनले एमालेभित्र पूर्वमाओवादीहरूलाई हेपिएको महसुस भइरहेको र नेतृत्वको अहंकारले समस्या बढाएको गुनासो गरेका छन् । अडियोमा उनले नेतृत्वले आफूहरूलाई बुझ्न नसकेको, तर आफूहरूले नेतृत्वलाई बुझिसकेको बताएका छन् ।

भट्टका अनुसार, पार्टीको बैठकमा पनि पूर्वमाओवादी नेताहरूले सम्मानजनक व्यवहार नपाएको गुनासो राखेका थिए । अडियोमा भट्टले "जनयुद्ध नभएको भए आज केपी शर्मा ओली पनि त्यो स्थानमा पुग्न सक्नुहुन्नथ्यो,"  भनेका छन् ।

भट्टले कार्यकर्ताहरूसँगको संवादमा आफ्नो धारणा खुलस्त राख्दै, "हामीलाई आतंककारी र अपराधी भनेर अझै पनि हेरिन्छ," भन्ने गुनासो गरेका छन् उनले भने आफुहरु मञ्चमा सँगै बस्दापनि जनयुद्ध अपराधिक क्रियाकलाप हो भनेर भन्दा आफ्नो मन दुख्ने गरेको बताएका छन् । 

भट्टको उक्त अडियोसहितको २ मिनेट ६ सेकेन्डको भिडियो अहिले फेसबुक म्यासेन्जरमा भाइरल भइरहेको छ । तर, उक्त भिडियोको आधिकारिकता पुष्टि भइसकेको छैन ।

भट्टको बयानले एमालेभित्रको आन्तरिक असन्तुष्टि र गुटबन्दीको संकेत गरेको विश्लेषण भइरहेको छ । यो विवादले भट्टको राजनीतिक भविष्य र पार्टीभित्रको स्थिति अझ पेचिलो बनाउने देखिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट