धर्मेन्द्र नेतृत्वको समूहको अधिवेशन भोलि
काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) समूहको अधिवेशन हुने भएको छ । अधिवेशन भोलि (शुक्रबार) बिहान ११ बजे हुने भएको हो ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अधिवेशन हुने प्रचारप्रसार विभागका इञ्चार्ज गुणराज लुइँटेलले जानकारी दिए ।
वैचारिकरूपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा अधिवेशनमा छलफल हुने लुइँटेलले बताए ।
अधिवेशनले बहुमत समूहको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस