बाहिर विरोध भित्र अध्यादेश ल्याउने सहमति
काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेसका नेताहरूले अध्यादेशबारे विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बन्धक बनाएर अध्यादेश ल्याएकोमा उनीहरूले विरोध गरेका हुन् ।
कांग्रेस संस्थापन पक्षका नेता एनपी साउद, ऐन महर इतरपक्षका नेता तथा पार्टी महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले ओलीले अध्यादेश ल्याएको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा विरोध गर्दै आएका छन् ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आज (बिहीबार) बूढानीलकण्ठमा बोलाएको मन्त्री र सांसदहरूको संयुक्त बैठकमा सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छन् ।
मन्त्रीहरूसहितको छलफलपछि अध्यादेश ल्याइएको प्रमुख सचेतक श्याम घिमिरेले स्पष्ट पारे । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरिसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस