Techie IT
२०८३ जेष्ठ ९, शनिबार

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा


काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ ।

डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तीमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अंग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहस पैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो,’ डिएलएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डिएलए नेपालले काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदंगा, लछारपसार, कुटपीट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानुनी भएको भन्दै डिएलएले सोको भत्र्सना गरेको छ । 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तिमार्फत सरकारसँग अनुरोध गरेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट