Techie IT
२०८३ जेष्ठ ९, शनिबार

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसको ७ बुँदे निर्देशन


काठमाडौं । कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार गठन भएको सात महिनापछि कांग्रेसले आफ्ना मन्त्रीहरूसँग सरकारको कामबारे समीक्षा गरेको छ । 

उसले आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संलग्न आफ्नो पार्टीका मन्त्रीसँग सरकारी कामकारबाहीबारे समीक्षा गरेको हो । 

सरकारी काम प्रभावकारी नभएको गुनासो बढेको बेला आफ्ना मन्त्री र सांसदहरूसँग छलफल एवं समीक्षा गरेको छ । उसले उक्त छलफलमा आफ्ना मन्त्रीहरूलाई सरकारी काम प्रभावकारी ढंगले सम्पादन गर्न ७ बुँदे निर्देशन जारी गरेको छ ।

यस्तो छ ७ बुँदे निर्देशन :

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रित हुने ।

६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।

७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट