सरकारविरुद्ध आक्रामक रणनीतिमा विपक्षी दल, आज पत्रकार सम्मेलन गर्दै
विपक्षी दलहरूको बैठक आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकपछि विपक्षी दलहरूले दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने छन् ।
यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरिँदै छ ।
त्यसअघि २ बजे माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, रास्वालगायतले पुनः छलफल गर्दैछन् ।
उनीहरूले आजको बैठकमा माघ १६ गते सहिद दिवसको अवसरमा काठमाडौं केन्द्रित जनसभा गर्ने निर्णयसँगै संसदको विशेष अधिवेशनको माग राख्ने निर्णय गर्ने बुझिएको छ । विपक्षी दलहरूले संसदको विशेष अधिवेशनका लागि एक चौथाई सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारी गर्दै हालै जारी अध्यादेशको विरोध गर्ने योजना बनाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस