Techie IT
२०८३ जेष्ठ ९, शनिबार

संसद् अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (शुक्रबार) बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त परिषद्को बैठक बस्न लागेको हो । 

बैठकमा संसद्को हिउँदे अधिवेशन आह्वानका लागि छलफल हुने एक मन्त्रीले जानकारी दिए । संसद् बन्धक बनाएर अध्यादेशमार्फत सत्ता चलाएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन् । 

यसअघि सरकारले यहीँ माघको पहिलो साता संसद्को हिउँदे अधिवेशन आह्वानका गर्ने भने पनि हालसम्म तयारी गरिएको छैन । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकार चलाइरहेका छन् । 

संसद् अधिवेशन आह्वानबारे आज सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले छलफल गरेका छन् । उनीहरूले जतिसक्दो चाँडो हिउँदे अधिवेशन आह्वान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेका छन् । 

प्रतिपक्षीले माघ १५ गतेसम्म संसद् बैठक बस्नुपर्ने माग गरेका छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट