कांग्रेस–एमाले सरकारविरुद्ध विपक्षी दलहरू एकजुट, साझा धारणा बनाउँदै
काठमाडौं । कांग्रेस–एमाले सरकारविरुद्ध साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसेको हो ।
बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू उपस्थित छन् ।
आजको बैठक लगत्तै विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । सरकारविरुद्ध मोर्चाबन्दीमा लागेका विपक्षी दलहरूले पत्रकार सम्मेलनअघि आवश्यक छलफल थालेको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको कार्यशेलीविरुद्ध विपक्षी दल, समाजवादी मोर्चाको अतिरिक्त मधेस केन्द्रित दलहरूले पनि सक्रियता बढाउन थालेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस