वामदेव एमाले प्रवेश– हल्ला कि वास्तविकता ?
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा फर्किने भएका छन् ।
आज (आइतबार) प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले भेटवार्ता गरेर एमालेमा फर्किने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर गौतमले ओलीसँग भेटवार्ता गरेका थिए । उनीसँगको भेट पश्चात् सञ्चारकर्मीसँग संवाद गर्दै गौतमले आफू एमाले प्रवेश गर्न लागेको बताए ।
उनले आफू लामो समयदेखि एमालेमा प्रवेश गर्ने इच्छा जाहेर गरेपनि नेताहरूको बेवास्ताले नेकपा (एकीकृत समाजवादी)सँग एकताको संवाद अघि बढाएको बताएका थिए । तर, एकीकृत समाजवादीसँग वार्ताको ढोका बन्द भएपछि एमालेसँग संवाद अघि बढाएको उनको भनाइ थियो ।
नेकपा एकता राष्ट्रिय अभियानका अधिकांश सदस्य भने नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने बताएका छन् ।
गौतमको एमाले प्रवेशका लागि प्रधानमन्त्री ओलीले छिट्दै समय निर्धारण गर्ने बताइएको छ ।
गौतम राष्ट्रिय सभा सदस्य हुन् भने एमाले–माओवादी ध्रुवीकरण पश्चात् बनेको नेकपा विघटनपछि निष्क्रिय थिए । उनी एमाले पूर्वउपाध्यक्ष हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस