Techie IT
२०८३ असार २५, बिहीबार

पनौतीमा एक महिला मृत अवस्थामा फेला: प्रहरीद्वारा अनुसन्धान


काभ्रेको पनौती नगरपालिका वडा नम्बर–४ स्थित दूधमिल पछाडि खेतको आलीछेउमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, मंगलबार बिहान ६:१५ बजेतिर उक्त शव भेटिएको हो।

मृतक महिलाको पहिचान बनेपा नगरपालिका वडा नम्बर ११, सल्ले घर भएकी र हाल काभ्रेको पनौती नगरपालिका वडा नम्बर–४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने ३५/४० वर्षकी शान्ति तामाङका रूपमा भएको छ। यो जानकारी मृतकका १५ वर्षीय छोरा सञ्जय तामाङले दिएका थिए।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट