Techie IT
२०८३ श्रावण ११, सोमबार

सत्ता गठबन्धनको निष्कर्ष: बालेन र दुर्गा प्रसाईंलाई प्रचण्डले उचाले


सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र दुर्गा प्रसाईंलाई प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले उचालेको निष्कर्ष निकालेको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले यस्तो सूचना पाएको भन्दै सामाजिक सञ्जाल र सदनबाट प्रतिवाद गरिने बताएका थिए। उनले सत्ता गठबन्धन भत्काउन र अस्थिरता निम्त्याउन प्रचण्डले यस्तो काम गरेको आरोप लगाएका थिए, जसको पुष्टि बैठकमा सहभागी एक नेताले गरेका छन्।

जनमत पार्टीका संसदीय दलका उपनेता अब्दुल खानले पनि बालेन शाह र दुर्गा प्रसाईंको पछाडि प्रचण्डको हात रहेको चर्चा भएको पुष्टि गर्दै, सदन र सामाजिक सञ्जालबाट प्रतिवाद गरिने कुरा बैठकमा भएको बताए।

बैठकमा सरकार र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। साथै, विपक्षी दलका नेताले सदन र सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरूलाई गलत ठहर गर्दै त्यसको प्रतिवाद सदनबाटै गर्ने निष्कर्ष निकालेको छ।

बैठकमा काठमाडौं उपत्यकाका नदी किनारसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे पुनरवलोकनमा जाने विषयमा पनि छलफल भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट