सत्तारूढ कांग्रेस प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट
काठमाडौं । कांग्रेस संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस(एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्छ ।
सरकारको कामकारवाहीबारे उनले असन्तुष्टि भने जनाए । कोइरालाले भने, ‘६ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’



तपाईको प्रतिक्रिया दिनुहोस