Techie IT
२०८३ जेष्ठ ९, शनिबार

रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै


कालीकोट । भौतिक पूर्वाधारको अभावमा सहज रूपमा सेवा प्रवाह गर्न विविध कठिनाइ खेप्दै आएको रास्कोट नगरपालिकाको इलाका प्रशासन कार्यालय भवन निर्माण हुने भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र रास्कोट नगरपालिकाको रु तीन करोड ३० लाखको लागतमा  भवन निर्माण हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

भवन बनेपछि नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिकाका सर्वसाधारण लाभान्वित हुनेछन् । भवन निर्माण चाँडै नै प्रारम्भ हुने नगरप्रमुख शाहीले जानकारी दिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट