Techie IT
२०८३ भाद्र २४, बुधबार

विश्वकप छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ।


विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। गएराति भएको खेलमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले हरायो।

खेलको २५औं मिनेटमा कोलम्बियाका यरसन मोस्केराले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुमै, ४८औं मिनेटमा अर्जेन्टिनाका निको गोन्जालेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, यो बराबरी १२ मिनेट भन्दा बढी टिक्न सकेन।

६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाए। अर्जेन्टिना गोल गर्न असफल हुँदा कोलम्बिया विजयी भएको हो।

यो जितसँगै कोलम्बियाले ८ खेलबाट १६ अंक संकलन गरेको छ र तालिकाको दोस्रो स्थानमा पुगेको छ। अर्जेन्टिना भने १८ अंकसहित शीर्ष स्थानमा कायम छ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट