Techie IT
२०८३ जेष्ठ ९, शनिबार

अखिल क्रान्तिकारीको मतगणना पुनः अन्योल


काठमाडौं । अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना पुनः अन्योल बनेको छ । 

केन्द्रीय निर्वाचन समितिले विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्ने योजना बनाएपछि अन्योल बनेको हो । 

समितिले असुरक्षाको कारण देखाउँदै पार्टी केन्द्रीय कार्यालयमा मतगणना गर्नुपर्ने बताएको छ ।

तर, अध्यक्षका उमेदवार हेमन्त राईले यसो गर्न नहुने बताएका छन् । उनले बाटोमै केही समस्या हुनसक्ने भन्दै मतदानस्थलमै गणना गर्नुपर्ने अडान राखेका छन् ।  

विश्वविद्यालय र विशेष प्रदेशको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो । 

विश्वविद्यालय र विशेष प्रदेशबाहेक बाँकी सातवटै प्रदेशमा भएको निर्वाचनको परिणाम आइसकेको छ । 

यसअघि मतपत्रमा प्रयोग भएको आधिकारीक रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने भन्ने विषयमा विवाद हुँदा मतगणना स्थगित भएको थियो । 

स्थगित मतगणना हालसम्म सुरु भएको छैन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट