Techie IT
२०८२ भाद्र ६, शुक्रबार

स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ


बारा,  जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको सखूवाप्रसौनी गाउँपालिका-१ निवासी ३२ वर्षीय अनिल पटवारी थारू र वीरगंज महानगरपालिका-१५ लक्ष्मनवा निवासी ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको टोलीले कलैयाबाट मोरङ, विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा सिटमुनी लुकाइएको उक्त नगद फेला पारेको हो ।

नगदसहित गाडी चालक अनिल र सवार ओम प्रकाशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट