Techie IT
२०८३ असोज २६, सोमबार

अखिल (क्रान्तिकारी) निर्वाचनः पार्टी कार्यालय पेरिसडाँडामा स्थगित मतगणना पुनः सुरु


नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना विभिन्न प्रदेशहरूमा सम्पन्न भए पनि उपत्यका विशेष र विश्वविद्यालयको मतगणना विवादका कारण स्थगित भएको थियो ।

बाल्मिकी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतगणना प्रक्रिया विवादपछि रोकिएको थियो। आज साँझ मतपेटिकाहरू सुरक्षा घेरामा स्कटिङ गर्दै बाल्मिकी क्याम्पसबाट माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुर्याइएको छ ।

पेरिसडाँडा पुगेसँगै अहिले पुनः मतगणना प्रक्रिया सुरु भएको छ । 

मतगणना विवादबारे दुवै पक्षले आ-आफ्नो धारणा प्रस्तुत गरे पनि अन्ततः स्कटिङ गर्दै पार्टी कार्यालयमै गणना गर्ने सहमति जुटाइएको थियो । निर्वाचनको अन्तिम परिणाम आज राति नै आउने अपेक्षा गरिएको छ। 

उपत्यका विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ गरी ५२२ मत गणना हुन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट