Techie IT
२०८२ वैशाख १७, बुधबार

प्रयागराज कुम्भमेलामा भागदौड: १५ जनाको मृत्युको आशङ्का


Photo: BBC

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा गएराति भागदौड मच्चिएको छ। बुधबार बिहान करिब १:३० बजे भएको घटनामा कैयौँ मानिसहरू हताहत भएको आशङ्का गरिएको छ ।

प्रयागराजका एक चिकित्सकले समाचार संस्था एएफपीसँग नाम नखुलाउने सर्तमा कम्तीमा १५ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको बताएका छन् । यद्यपि, स्थानीय प्रशासनले अहिलेसम्म मृत्युको औपचारिक पुष्टि गरेको छैन ।

घटना मौनी अमावस्याको अवसरमा अमृतस्नानको तयारी भइरहेका बेला भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भिडले सुरक्षा बार र अवरोधहरू तोड्दै अगाडि बढ्दा ठेलमठेल भएको र त्यसले भागदौडको स्थिति निम्त्याएको थियो ।

प्रयागराज मेला प्राधिकरणकी अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै भिड व्यवस्थित गर्न राखिएका अवरोधहरू तोडफोड भएको जानकारी आएको बताइन् । तर, स्थिति गम्भीर नरहेको र घाइतेहरूको उपचार भइरहेको उनले उल्लेख गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट