सवारी दुर्घटनामा चार जनाको मृत्यु

सिराहा, गुल्मी, तनहुँ र बाँके जिल्लामा शनिबार चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका-३ स्थित पेट्रोल पम्प नजिक सडक दुर्घटनामा प्रदेश १-०५-००२ प १५६३ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३० वर्षीय मनिष रायमाझीको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालिका-११ का मनिष रायमाझीको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा निधन भएको हो ।
गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-२ बिसौनास्थित सडकमा लु.३ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा ५५ वर्षीय देब बहादुर बिकको मृत्यु भएको छ । ट्याक्टरको सहचालक बिकको गम्भीर घाइते अवस्था थियो र गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारका क्रममा उनकाे निधन भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
तनहुँ जिल्लाको ब्याँस नगरपालिका-१२ स्थित कमलघारीमा एचआर ५५ क्यू ४७११ नम्बरको ग्याँस बुलेट ट्याङकर दुर्घटनामा परे । चालक ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको छ । उनको मृत्यु जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा भएको हो ।
बाँके जिल्लामा नेपालगंज उपमहानगरपालिका-११ स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा भे.१० प ४३४१ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । उनले नर्सिङ होम नेपालगंजमा उपचारका क्रममा ज्यान गुमाएका छन् । हाल फरार रहेको अर्को मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस