Techie IT
२०८२ मंसिर ६, शनिबार

दुर्गाथलीका ७६१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै


बझाङ्गको दुर्गाथली गाउँपालिकामा ७६१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।

पालिकाका सबै वडामा रहेका विद्यालयमा केन्द्र राखि यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप लगाइने दुर्गाथली गाउँपालिकाका प्रवक्ता अम्मराज धामीले जनाएका छन्। 

पालिकाले जम्मा ९ वटा खोप केन्द्र तोकि सबैलाई खोप कन्द्रमा उपस्थित हुन अनुरोध गरेको छ । नेपालमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट