Techie IT
२०८३ भाद्र २४, बुधबार

केपी ओलीलाई जिउँदै जलाउने योजना थियो : राधिका शाक्य


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालकोटस्थित निवासमा भएको आगजनी केवल घर र सम्पत्ति जलाउने आपराधिक योजनामा मात्र सीमित नरहेको गम्भीर खुलासा गरेकी छिन्।

बालकोटस्थित क्षतिग्रस्त निवास परिसरमै आफ्नो अनुभूतिसङ्ग्रह ‘सपनाको भग्नावशेष’ को विमोचन गर्दै शाक्यले आफूहरूलाई नै समाप्त पार्ने उद्देश्यले उक्त आक्रमण गराइएको दाबी गरिन्।

पुस्तक विमोचनका क्रममा उनले भनिन्, “खरानी ग्याङको आशय घरमा आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जिउँदै जलाउने योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै हाम्रो एक वर्षको पुण्यतिथि भइसकेको हुन्थ्यो।”

जनताको अपार माया र सद्भावकै कारण आफूहरू जीवित रहन सफल भएको स्पष्ट पार्दै शाक्यले अझै पनि अध्यक्ष ओलीमाथि विभिन्न निराधार आरोप र लाञ्छना लगाउने क्रम नरोकिएको गुनासो गरिन्। “एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावना बोकेर बाँचिरहेका हामीमाथि अहिले पनि अनेकौँ लाञ्छना लगाइँदै छ” उनले भनिन्।

आफूहरू जुनसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्यपथबाट पछि नहट्ने अडान व्यक्त गर्दै शाक्यले षड्यन्त्रकारी ‘खरानी ग्याङ’ आफैँ पतन भएर जाने चेतावनी समेत दिएकी थिइन्। आफूहरूलाई जस्तोसुकै दुःख र अवरोध सिर्जना गरे पनि त्यसको दृढतापूर्वक सामना गर्न तयार रहेको उनको भनाइ थियो।

जलेर नष्ट भएको घरकै भग्नावशेषमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले गत भदौ २३ देखि २४ गतेसम्मका भयावह घटनाक्रम र त्यसबीच आफूहरूले भोगेको पीडादायी अवस्थालाई स्मरण गरेकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट