Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ


उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक विद्यालयहरू निजी विद्यालयभन्दा कम नभएको दाबी गरेका छन्। उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि आफ्नो निरन्तर प्रयासको परिणाम देखिन थालेको बताएका छन्।

पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा सिंहले संविधानसभा निर्वाचन (विसं २०६४) पछि विद्यालयहरूको भौतिक संरचना र शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिएको बताए ।

"तीनै तहको सरकार मिलेर सामुदायिक विद्यालयका पूर्वाधार निर्माणमा काम गरेका छौँ। राम्रा नतिजा सुन्दा खुसी लागेको छ," सिंहले भने ।

उनले सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापहरूमा समेत विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सुधार गर्ने प्रतिबद्धता जनाए ।

सामुदायिक विद्यालयको प्रभावकारिता बढाउन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले एकताबद्ध भएर काम गरिरहेको सिंहको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट