Techie IT
२०८२ मंसिर ६, शनिबार

माओवादी प्रदेश इञ्चार्ज फेरबदल (नामावलीसहित)


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका इञ्चार्ज फेरबदल गरेको छ । आज (सोमबार) प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठले प्रदेश इञ्चार्ज फेरबदल गरेको हो । 

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । 

यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा तोकिएको छ । 

यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी दिइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट