बेलायती राजकुमारी आइपुगिन् काठमाडौं
काठमाडौं । बेलायती राजकुमारी सोफिया काठमाडौं आइपुगेकी छन् ।
आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी राजकुमारीलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
उनी राजकुमार एडवार्डकी श्रीमती हुन् । एडवार्ड पनि आजै नेपाल आउँदैछन् ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस