रवि निर्धक्क चितवन अदालतमा हाजिर
चितवन । रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन् । उनी आज (बुधबार) बिहान कार्यालय खुल्ने समयमा हाजिर भएका हुन् ।
हिजो (मंगलबार) उनीविरुद्ध चितवनस्थित सहारा सहकारी संस्थाको बचत अपचलन प्रकरणमा मुद्दा दायर भएको थियो ।
आज बिहानै अदालतमा हाजिर भएका रविको बयान केहीबेरमा सुरु हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस