Techie IT
२०८२ मंसिर ५, शुक्रबार

रविको बयान सकियो, थुनछेक बहस हुँदै


काठमाडौं । चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेन बहसको तयारी गरिएको छ ।

बहसका लागि दुवै पक्षबाट १३ जना वकिल तयारीमा छन् । सरकारी वकीलको तर्फबाट तीन जना, सहकारीपीडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले नाम दर्ता गरेका छन् । 

जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट