आजको राशिफल - माघ २४ गते

आज विक्रम संवत २०८१ साल माघ २४ गते, बिहीबार । माघ शुक्ल पक्षको नवमी तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी ६ तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४७ मिनेट । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तबाट सहयोग प्राप्त हुनेछ, जसले काम गर्न सजिलो हुनेछ। व्यापारमा लगानी बढाई राम्रो आम्दानी हुने सम्भावना छ। बोलीको प्रभावले महत्वपूर्ण काम बन्नेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक तथा व्यवसायिक काममा सफलता मिल्नेछ। साथीभाइको सहयोगमा रमाइलो यात्रा हुनेछ। शेयर लगानीबाट लाभ उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्रामा सतर्कता अपनाउनुहोला। व्यापारमा कम आम्दानीले आर्थिक क्षेत्र कमजोर बन्न सक्छ। प्रेम सम्बन्धमा चुनौती देखिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक काममा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। शत्रु पराजित हुनेछन्। अध्ययनमा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग रमाइलो यात्रा हुने सम्भावना छ। व्यापारमा मनग्गे आम्दानी हुनेछ। काम गर्ने ठाउँमा तपाईंको प्रशंसा हुने समय छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ जिम्मेवारी पाइनेछ। प्रतिस्पर्धामा अरुलाई पछि पार्न सकिनेछ। आर्थिक लगानीले राम्रो लाभ दिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य समस्याले सताउन सक्छ। पारिवारिक मनमुटाव बढ्ने सम्भावना छ। व्यापारमा तत्काल लगानी नगर्नु राम्रो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। साझेदारी व्यवसायबाट राम्रो फाइदा हुनेछ। पारिवारिक भेटघाटमा मिठो भोजनको अवसर मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
लामो दुरीको यात्राबाट फाइदा हुनेछ। प्रतिस्पर्धामा विजय हात पर्नेछ। व्यापारबाट राम्रै आम्दानी हुनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
समय अनुकूल छ, इच्छित काम पूरा हुनेछ। आर्थिक लाभ हुने सम्भावना छ। सन्तानको सहयोगले मन खुसी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्तसँग टाढिने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। कृषि तथा सवारी साधनको कारोबारबाट लाभ उठाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
आर्थिक क्षेत्र बलियो बन्नेछ। पारिवारिक सहयोगले सफलता हात लाग्नेछ। व्यापार तथा लगानीबाट लाभ हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस