Techie IT
२०८२ वैशाख १८, बिहीबार

आजको राशिफल (माघ २५ गते)


आज २०८१ साल माघ २५ गते शुक्रबार माघ शुक्ल पक्षको दशमी तिथि । नेपाल संवत् ११४५ ।  शल्य दशमी । तदनुसार सन् २०२५ फेब्रुअरी ७ तारिख ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २७ पला । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साहित्य, कलाकारिता र बौद्धिक कार्यमा समय खर्च गरिनेछ भने मनग्गे आम्दानी हुने योग छ  । बोलेर गर्ने व्यवसाय फस्टाउनेछ । कुटुम्ब र आफन्तसँग भेटघाट हुनेछ । पारिवारिक वातावरणमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ प्रविधिको प्रयोगले व्यापारमा फाइदा हुनेछ । पढाइमा सुधार हुनेछ । नोकरी खोजिरहेका व्यक्तिहरूलाई अवसर मिल्नेछ । राजनीति र समाजसेवामा समय लगानी गर्दा प्रतिष्ठा कमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक समस्या देखिन सक्छ, जसले गर्दा काम रोकिन सक्छ । माया प्रेममा अविश्वासले सम्बन्ध टुट्न सक्ने खतरा छ । स्वास्थ्यप्रति ध्यान दिनुहोला । विदेशमा बसेर काम गर्नेहरूका लागि भने समय फलदायी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
माया प्रेम र दाम्पत्य जीवनमा सामिप्यता बढ्नेछ । दाजुभाइको सहयोगले मन प्रसन्न हुनेछ । व्यापारमा लगानीले मनग्गे आम्दानी हुनेछ । वंश वृद्धि हुने योग छ ।

सिंह (मा, मि, मू, मे, मो, टा, टि, टु, टे)
विभिन्न कामका प्रस्तावहरू आउनेछन् । नयाँ कामको अवसरले पदोन्नति हुनेछ । सामाजिक तथा व्यावसायिक क्षेत्रमा नाम र दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा लगाव बढेर जानेछ । वैदेशिक व्यापार र लगानीमा राम्रो फाइदा हुनेछ । दाम्पत्य जीवनमा सन्तुष्टि मिल्नेछ । परिवारमा खुसीको वातावरण हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा सतर्कता आवश्यक छ । स्वास्थ्य समस्याले काममा बाधा पुर्याउनेछ । धार्मिक यात्राको अवसर मिल्नेछ । पढाइ लेखाइमा सुधार हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ सवारी वा भौतिक सम्पत्ति जोड्ने समय छ । सामूहिक लगानीका काम फस्टाउनेछन् । माया प्रेममा आत्मीयता बढ्नेछ । वैवाहिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
पढाइ लेखाइमा राम्रो प्रगति हुनेछ । विवादित विषयमा निचोड तपाईंकै पक्षमा आउनेछ । व्यापार व्यवसायमा आर्थिक स्रोत जुट्नेछन् । स्वास्थ्य सामान्य रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
मन परेको उपहार प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ । अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ । बैंक तथा वित्तीय लगानीबाट लाभ उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
माया प्रेममा विश्वास बढ्नेछ । तर, आमासँग मनमुटाव उत्पन्न हुन सक्छ । खर्चमा वृद्धि हुने संकेत छ । कृषि तथा पशुपालन व्यवसायमा फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
काम देखाएर अरूको मन जित्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउनेछ । बुद्धिको उपयोगले धन र सम्पत्ति लाभ हुनेछ । नयाँ कामका प्रस्तावहरू प्राप्त हुनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट