आजको राशिफल (माघ २७)

आज विक्रम संवत २०८१ साल माघ २७ गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी ९ तारिख । नेपाल संवत् ११४५ । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४९ मिनेट । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफलः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको ऊर्जा र आत्मविश्वास उच्च रहनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढ्ने भएकाले महत्वाकांक्षी योजना कार्यान्वयन गर्न सकिनेछ । व्यवसायिक यात्राको सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित कामको अवसर मिल्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि राम्रो समय छ । शेयर लगानीबाट फाइदा लिन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आश मारेको काम बन्ने सम्भावना रहेको दिन हो । व्यापार र शेयर बजारमा लगानी गरे राम्रो प्रतिफल प्राप्त हुनेछ । आफन्त तथा मित्रहरूको सहयोगमा विशेष योजनाहरू बनाउन सकिनेछ । सामाजिक कार्यमा सहभागिता जनाउँदै आफ्नो प्रतिष्ठा बढाउन सक्नुहुनेछ । माया प्रेमका लागि समय अनुकूल रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा विशेष सफलता मिल्नेछ । विदेशी कारोबारमा मनग्य लाभ हुनेछ भने विदेश यात्रा गर्न चाहनेहरूका लागि अवसर जुर्न सक्छ । मनोरञ्जनमा समय बित्नेछ तर खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या आउन सक्छ । शेयर बजारमा लगानी गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मान-सम्मान तथा इज्जत प्रतिष्ठा बढ्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता गास्ने अवसर मिल्नेछ । अध्ययन र अनुसन्धानमा रुचि बढ्ने समय छ । व्यापारमा राम्रो आम्दानी हुनेछ भने नयाँ योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । परिवारका सदस्यहरूसँग आत्मीयता बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूसँगको समन्वयले महत्वपूर्ण प्रगति हुनेछ । उपहार प्राप्तिको सम्भावना रहेको छ । निर्माण सामाग्री, उद्योग तथा शेयरबाट राम्रो फाइदा लिन सकिनेछ । धार्मिक यात्राको सम्भावना छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कल्याणकारी कार्यहरूमा सहभागी भई सम्मान प्राप्त गर्न सकिनेछ । भाग्यको साथले जटिल कामहरू पनि सहजै सम्पन्न हुनेछन् । दाजुभाइ र जीवनसाथीसँग सम्बन्ध थप सुदृढ हुनेछ । शेयर बजार तथा गरगहना व्यापारबाट लाभ हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नसोचेको धन सम्पत्ति प्राप्तिको योग छ । दिदीबहिनी तथा आफन्तको सहयोग पाउने दिन छ । प्रेम सम्बन्ध थप नजिकिँदै जानेछ । व्यवसायिक यात्राको सम्भावना रहेको छ । पदीय जिम्मेवारी तथा सफलता हात पार्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
सम्मान र प्रशंसा पाइनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । रिवारजनसँग आत्मियता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ । व्यापार, शेयरबजार तथा उद्योगको लगानीबाट फाइदा हुने समय रहेकोछ ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे)
विवादित विषयमा निचोड तपाईँकै पक्षमा आउनेछ । पुराना समस्याबाट मुक्ति पाउनुहुनेछ । व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शिक्षामा राम्रो प्रगति हुनेछ । सामाजिक सञ्जालमा आफ्ना विचार जनमानसमा लैजान सकिनेछ । वित्तीय क्षेत्रमा लगानी फाइदाजनक हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
सहयोगी व्यक्तिहरूबाट साथ पाइनेछ । घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस