Techie IT
२०८२ मंसिर ४, बिहीबार

आँखाको नेतृत्वमा नेत्रको नजर, भन्छन्– अध्यक्ष पद डा.बाबुराम भट्टराईले हस्तान्तरण गर्नुपर्छ


काठमाडौं । आइतबारदेखि सुरु भएको नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । 

डा.बाबुराम भट्टराई संयोजक रहेको नेसपाले यहीँ महाधिवेशनबाटै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । पार्टीको नेतृत्वप्रति नयाँ अनुहारले आकांक्षा देखाएका छन् । 

सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकमा भट्टराईले पनि नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन् । उनले तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले बताए । 

उनका अनुसार हालसम्म अध्यक्षमा डा.बाबुराम भट्टराई नै निर्विकल्प भएपनि नयाँ अनुहार नेत्र चापागाईंले अध्यक्षमा दाबी गरेका छन् । उनले अध्यक्ष पदको दाबी नछोड्ने बलियो अडान कसेपछि बाबुरामले नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका हुन् । 

आइतबार ‘महाधिवेशनको उद्घाटन सत्रपछि सचिवालय बैठकमा बाबुरामले तेस्रो पुस्ताका नेताहरूसँग छलफल गरेका छन् । उनले टिम बनाएर आउनुहोस् म नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नुभएको छ,’ शर्माले भने– ‘उहाँ (बाबुराम)ले आफू वैचारिक नेतृत्वमा रहन तयार हुनुहुन्छ ।’

नत्र चापागाईं नेसपाको अध्यक्षमा आफ्नो दाबी कायम रहेको बताएका छन् । उनले यसअघि नै अध्यक्ष पदको घोषणा गरेका थिए । 

नेत्रले भने, बाबुरामजीले नै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अघि सार्नुभएको छ । यस्तोबेला मैले आफ्नो दाबी छोड्नुहुन्न भन्नेमा म स्पष्ट छु । र, उहाँले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।’

नेत्र चापागाईं पूर्वविद्यार्थी नेता हुन् ।

नेपाल समाजवादी पार्टीको चिन्ह आँखा हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट