Techie IT
२०८२ मंसिर ४, बिहीबार

माओवादीले ब्युँतायो जातीय मोर्चा


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जातीय मोर्चा ब्युँताएको छ । 

शान्ति प्रक्रियामा आएसँगै निष्क्रिय ती मोर्चाहरूलाई पुनः माओवादीले ब्युँताएको हो । 

१० वर्षे सशस्त्र संघर्षमा विभिन्न जातीय मोर्चाहरू गठन गरिएको थियो । तर, शान्ति प्रक्रियामा आएसँगै उसले मोर्चाहरू निष्क्रिय बनाएको थियो । 

मोर्चालाई पुनः सक्रिय बनाउन माओवादीले जातीय मोर्चाको इञ्चार्जसमेत तोकेको छ । जसअनुसार पार्टी महासचिव देव गुरुङलाई पहिचानसँग सम्बन्धित संगठन समन्वय संयोजक जिम्मा दिएको छ ।

उपमहासचिव मातृकाप्रसाद यादवलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इञ्चार्ज बनाएको छ । पूर्वउपसभामुख ओनसरी घर्तीलाई जनजाति महासंघ इञ्चार्ज बनाएको छ ।

हकिकुल्लाहा खाँ मुसलमानलाई मुस्लिम मुक्ति मोर्चा नेपालको इञ्चार्ज, परशुराम रम्तेललाई दलित राष्ट्रिय मुक्ति मोर्चाको इञ्चार्ज बनाएको छ ।

नरेश भण्डारीलाई कर्णाली राष्ट्रिय मुक्ति मोर्चा इञ्चार्ज बनाएको छ भने त्रिलोचन भट्टलाई सेती महाकाली मुक्ति मोर्चा इञ्चार्ज बनाएको छ । 

माओवादीले जनयुद्धका क्रममा भौगोलिक र जातीय मोर्चा बनाएको थियो । गत पुस २१–२३ मा काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले जातीय मोर्चालाई फेरि सक्रिय बनाउने निर्णय लिएको थियो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट