Techie IT
२०८२ मंसिर ४, बिहीबार

इन्टरपोलको ‘हेड अफ एनसिबी कन्फरेन्स’मा नेपाली टोलीको सहभागिता


फ्रान्सको लियोनमा इन्टरपोल महासचिवालयद्वारा आयोजना गरिने २०औं 'हेड अफ एनसिबी कन्फरेन्स'मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेतृत्वको नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

फेब्रुअरी ११ देखि १३ (२०८१ माघ २९ देखि फागुन १ गते) सम्म सञ्चालन हुने कन्फरेन्समा इन्टरपोलका १९६ सदस्य राष्ट्रका एनसिबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरूबीच अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र बालबालिकामाथि हुने अपराध नियन्त्रणको विषयमा छलफल हुनेछ ।

सम्मेलनको क्रममा समसामयिक अपराध अनुसन्धान, क्षमताविकास तथा एशिया–प्रशान्त क्षेत्रका राष्ट्रहरूबीच समन्वय सम्बन्धमा Round Table Meeting हुने कार्यक्रम समेत रहेको छ ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक कोमल शाहले पनि सहभागिता जनाउने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट