भूमिसम्बन्धी अध्यादेशको विपक्षमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ ।
प्रतिनिधिसभामा कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारको बहुमत भएपनि राष्ट्रिय सभामा जसपा निर्णायक बनेको छ । निर्णायक बनेको पार्टी नै विपक्षमा उभिएपछि उक्त अध्यादेश निष्क्रिय हुनसक्ने सम्भावना नजिकिएको छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशबारेमा भने सुरुदेखि नै फरक मत राख्दै आएको थियो ।
मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । अन्य अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमिसम्बन्धी अध्यादेश राष्ट्रको हितविपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।
यसअघि सरकारले ६ वटा अध्यादेश र केही विधेयक ल्याएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस