Techie IT
२०८२ मंसिर ३, बुधबार

प्रचण्ड–उपेन्द्रबाट अलगिएका बाबुरामको प्रतिस्पर्धा भाइ पुस्तासँग


काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । 

जारी महाधिवेशनमा पूर्वप्रधानमन्त्री तथा नेसपा संयोजक डा.बाबुराम भट्टराई भाइ पुस्तासँग प्रतिस्पर्धामा उत्रिएका छन् । 

पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरु हुने भएको छ ।

मंगलबार राति अबेरसम्म मतदान भएको पार्टी प्रवक्ता कृष्ण शर्माले बताए । उनका अनुसार मतदान राति सकिएकाले गणना बिहान १० बजेदेखि गर्न लागिएको छ । 

नेसपाले जारी महाधिवेशनबाट ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउन निर्वाचन गरेको थियो ।

त्ययसमध्ये महिला क्लस्टरबाट मानुषी यमी भट्टराई र दलित क्लस्टरबाट दुर्गा सोब निर्वोरोध उपाध्यक्ष चयन भएका छन् । 

तीबाहेक १८ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका छन् । 

अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन जना सचिव र केन्द्रीय सदस्यहरू भने निर्वाचनबाट टुंगो लाग्नेछ । 

अध्यक्षमा बाबुराम भट्टराई र नेत्र चापागाईं तथा महासचिवमा घमानसिंह गुरूङ र सोनामसिंह स्याङ्तान लगायत उम्मेदवार छन् । 

राति अबेर भएकाले ८२२ जना प्रतिनिधिले मात्रै मतदान गरेको प्रवक्ता शर्माले जानकारी दिए । 

बाबुराम भट्राई माओवादी पृष्ठभूमिका नेता हुन् । उनले प्रचण्डले नेतृत्वको गरेको माओवादी अलगिएर नयाँ शक्ति गठन गरे । 

त्यसपछि मधेसवादी दल एवं उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकता गरेका थिए । त्यहाँ पनि उनी टिक्न नसकेपछि अहिले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट