Techie IT
२०८२ मंसिर ३, बुधबार

चितुवाको छालासहित एकजना पक्राउ


कैलाली । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक गेष्टहाउसबाट चितुवाको छालासहित एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका नरेश साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार धनगढीको बसपार्कस्थित मिलनसार गेष्टहाउसमा बसिरहेको अवस्थामा साउदबाट झोलाभित्र लुकाइछिपाइ राखेको आठ फिट दुई इञ्च लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको हो ।

साउदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट