स्ववियुको आर्थिक अपारदर्शिताविरुद्ध चार विद्यार्थी संगठनका नेता आमरण अनशनमा
काठमाडौं । महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले गरेको आर्थिक अपारदर्शिताविरुद्ध चार विद्यार्थी संगठनका नेताहरू आमरण अनशनमा बसेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन (नेविसंघ)का अध्यक्ष विनोद आले मगर, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष सविन श्रेष्ठ, माओवादी केन्द्र (निकट) अखिल (क्रान्तिकारी)का अध्यक्ष विपीन लिम्बु, एकीकृत समाजवादी निकट सामाजवादी विद्यार्थी युनियनका अध्यक्ष सविरसिंह यक्सो लिम्बुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी महेन्द्र बहुमुखी क्याम्पसको स्ववियुले आर्थिक अपारदर्शिता गरेको भन्दै आमरण अनशन सुरु गरेको अखिल (क्रान्तिकारी)का अध्यक्ष लिम्बुले जानकारी दिए ।
स्ववियुले गत पुस २३ र २५ गते आयोजित साधारण सभामा पेस गरेको आर्थिक प्रतिवेदनको विभिन्न शीर्षकमा देखाइएको खर्च विवण पारदर्शी नभएको भन्दै चार विद्यार्थी संगठन नेताहरूले असन्तुष्टि जनाएका छन् ।
उनीहरूले संयुक्त विज्ञप्तिमार्फत आर्थिक अपारदर्शिताप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनहरूले विद्यार्थीहरूको हक र अधिकार लगायतका विषयमा आवाज उठाउँदै आएको बताएका छन् ।
यसका साथै उनीहरूले पुस २ गते स्ववियुले गरेको खर्चको बिल र बैंक स्टेटमेन्ट सार्वजनिक गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :




तपाईको प्रतिक्रिया दिनुहोस