Techie IT
२०८२ वैशाख १८, बिहीबार

आजको राशिफल (फाल्गुन १ गते)


आज विक्रम संवत २०८१ साल फाल्गुन १ गते, बिहीबार, माघ शुक्ल पक्षको प्रतिपदा तिथि । ईश्वी सन् २०२५ फेव्रुवरी १३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५२ मिनेट । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफलः 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मविश्वास र परिश्रमको कदर हुने समय छ । अध्ययनमा समय दिन सकिनेछ भने परिश्रमको सकारात्मक नतिजा प्राप्त हुनेछ । ईमान्दारिताको कदर सबैले गर्नेछन्, जसले तपाईँको प्रतिष्ठा बढ्नेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानी फस्टाउने । अप्ठ्यारा परिस्थितिहरू सहजै समाधान गर्न सकिनेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ भने प्रियजनबाट उपहार प्राप्त गर्ने सम्भावना छ । सन्तान तथा परिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रेम सम्बन्धमा अविश्वास उत्पन्न हुन सक्छ । घर परिवारमा विशेष गरी आमासँग मनमुटाव सिर्जना हुनेछ । अन्य कार्यहरूमा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर हुनसक्छ । राजनीति तथा समाजसेवामा समय दिए पनि अपेक्षित पद प्रतिष्ठा प्राप्त नहुन सक्छ । व्यापार व्यवसायमा अधिक समय दिनु पर्नेछ, तर कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूलाई भने राम्रो फाइदा मिल्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज व्यवसाय, उद्योग तथा शेयर बजारमा लगानी गर्दा राम्रो आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ र आर्थिक अवस्था मजबुत बनाउने निर्णयहरू गर्न सकिनेछ । अध्ययनमा मेहनत अनुसार सफलता हात लाग्नेछ । विवाद तथा न्यायिक मुद्दाहरूमा तपाईँकै पक्षमा निर्णय आउने सम्भावना छ । प्रेम सम्बन्धमा नजिक हुने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा आम्दानीको स्रोत बढ्नेछ, जसले काम गर्न उत्साह थप्नेछ । प्रेम सम्बन्धमा पारस्परिक विश्वास बढ्नेछ । कला, साहित्य तथा यस्तै सिर्जनात्मक क्षेत्रमा रुचि राख्नेहरूका लागि राम्रो समय रहेको छ । पढाइ लेखाइमा कम मेहनत गरे पनि सफलता मिल्नेछ । कुटुम्ब तथा परिवारका सदस्यहरूबाट आवश्यक सहयोग प्राप्त हुने भएकाले मन प्रशन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भौतिक सुख सुविधाका साधनहरू प्राप्त हुनेछन् । आकर्षक पहिरन तथा गहना प्रयोग गर्न पाइनेछ । तपाईँबाट राम्रा कार्यहरू हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुनेछ । नयाँ प्रकृतिका कामहरू गर्ने अवसर आउने । पारिवारिक जमघटमा मिठो खानपानको अवसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज खर्चको मात्रा अत्यधिक बढ्न सक्छ । आर्थिक समस्याले गर्दा दैनन्दिन कार्यमा अवरोध आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु पर्नेछ । व्यापार व्यवसायबाट सोचे जति आम्दानी नहुन सक्छ । यद्यपि, छोटो दूरीको यात्रा हुनसक्छ भने विदेशी वस्तु तथा व्यापार व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्न सक्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ भने प्रेमी प्रेमिकाबीच सम्बन्ध अझ मजबुत बन्नेछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू प्राप्त हुने सम्भावना छ । पढाइ लेखाइमा सुधार हुने भएकाले अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पढाइ लेखाइमा उच्च सफलता हात लाग्नेछ । कृषि तथा पशुपालन व्यवसायमा मनग्गे लाभ प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नयाँ विचारको प्रयोग गरेर व्यवसायलाई अझ विस्तार गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । शुभ तथा मांगलिक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
बौद्धिक क्षमताको प्रयोग गरेर जटिल समस्याको समाधान निकाल्न सकिनेछ । मनपर्ने वस्तु तथा विलासी सामग्रीहरू प्राप्त हुने सम्भावना छ । धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ । सानो लगानीबाट पनि मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योजना बन्ने सम्भावना छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
आज महत्त्वपूर्ण कार्यहरूमा अवरोध आउन सक्छ । मानसिक तनाव बढ्न सक्ने भएकाले आत्मबल बढाउने प्रयास गर्नुपर्छ । पढाइ लेखाइमा आफ्नै कमजोरीका कारण पछि परिने सम्भावना छ । प्रेम प्रसंगमा टाढै बस्नु उचित हुनेछ, किनभने विवाद उत्पन्न हुनसक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यवसाय तथा शेयर बजारमा लगानी गरी मनग्गे धन सम्पत्ति संकलन गर्न सकिनेछ । विगतका कमजोरीलाई सुधार्दै सफलता प्राप्त गर्न सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजा प्राप्त हुनेछ, जसले साथीभाइ तथा परिवारलाई खुशी बनाउनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको उपयोग गरेर अरुको मन आफूतिर तान्न सकिनेछ । प्रेम प्रसंगका लागि समय अनुकूल रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
न्यायिक मामिलामा सफलता प्राप्त हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ प्रतिष्ठित स्थान प्राप्त गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ, जसले आर्थिक रूपमा मजबुत बनाउनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । पुराना ऋण तथा समस्याहरू समाधान हुनेछन् । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुने सम्भावना छ । प्रेम सम्बन्धमा नजिकिने अवसर प्राप्त हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट