डा.बाबुराम भट्टराई नेसपा अध्यक्षमा निर्वाचित, चापागाईं पराजित
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ ।
मत परिणाम भने हालसम्म खुलाइएको छैन । परिणामको औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने नेसपाले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस