Techie IT
२०८२ मंसिर ३, बुधबार

अध्यादेश परिणाम : लोसपा सरकारबाट बाहिरिने संकेत, राजीनामा दिने तयारीमा मन्त्री भण्डारी


काठमाडौं । कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनमा संलग्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ताबाट बाहिरिने संकेत गरेको छ । उसले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने भएपछि सत्ताबाट बाहिरिने संकेत गरेको हो । 

यसका साथै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएको एक नेताले बताए । 

उनका अनुसार यसअघि सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भएकोले तयारी रहन निर्देशन दिएका हुन् । 

बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशको विपक्षमा उभिएपछि सरकारमा बस्नुको औचित्य नरहेको भन्दै जतिबेला पनि बाहिरिन सक्ने संकेत गरे ।

‘अध्यादेश अस्वीकार गर्नु भनेको सरकार गिराउनका लागि होइन, तर सरकारमाथि नैतिक संकट आएको छ । हामीमाथि पनि नैतिक संकट आएको छ,’ अध्यक्ष ठाकुरले भने । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट