पृथकतावाद त्यागेका सिके रावतले किन बोकाए कार्यकर्तालाई हतियार ?

काठमाडौं । चन्द्रकान्त रावत (सिके) नेतृत्वको जनतमत पार्टीका केही कार्यकर्ताले हतियार प्रदर्शन गरेका छन् ।
उनीहरूले आफ्नो सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शन गरेको तस्बिर सार्वजनिक गरेका छन् । जनमतका कार्यकर्ताले खुलेआम हतियार प्रदर्शन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि सुरक्षा संयन्त्र चनाखो बनेको छ ।
दुई/चार जना हतियारसहित प्रदर्शनमा उत्रिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रौतहट प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानबाट सिके रावत नेतृत्वको जनमत पार्टीका केही कार्यकर्ताले बन्दुक प्रदर्शन गरेको खुलेको छ ।
पूर्वमन्त्रीसमेत रहेका जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खाँण, जिल्ला इञ्चार्ज जमसेदले शनिबार हतियार प्रदर्शनसहित तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।
यद्यपि अनुसन्धानको क्रममा हतियार सरकारबाट ईजाजत प्राप्त रहेको रायले बताए ।
सिके रावतले जनमत पार्टी गठन गर्नु पहिले छुट्टै मधेस राज्यको माग गर्दै अग्र आन्दोलन गरेका थिए । त्यतिबेला उनले जेल जीवन पनि बिताउनु परेको थियो । त्यसपछि उनी मूलधारको राजनीतिमा आए र जनमत पार्टी गठन गरे ।
पार्टी गठन गरेपछि गत निर्वाचनमा राम्रो जनमत पाएको जनमत पार्टीका कार्यकर्ताले एकाएक बन्दुक प्रदर्शन गरेपछि पुनः मधेसलाई छुट्टै राज्य बनाउने सिकेले पृथकतावाद अंगालेका हुन्कि भन्ने शंका उत्पन्न भएको छ । तर, यसबारेमा उनले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
तपाईको प्रतिक्रिया दिनुहोस