Techie IT
२०८२ भाद्र २, सोमबार

थामे सोलुमा हिमताल फुटेर बाढी आएको पुष्टि


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत सरोकारवाला निकायको टोलीले शनिबार हेलिकोप्टरमार्फत निरीक्षण गरेपछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ। 

खुम्बु पासाङल्हामु गाउँपालिकाले सो क्षेत्रमा थप जोखिमको सम्भावना नरहेको जनाएको छ। शुक्रबार आएको बाढीले गाउँपालिका-५ थामेका २० घर, होटल लज, एक स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो। नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धार गरेको थियो। बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान समेत भएको छ। त्यस्तै, खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट