Techie IT
२०८३ असार ३०, मंगलबार

सिद्धार्थ एकेडेमी दोस्रो अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन


दाङको घोराहीमा आयोजित दोस्रो अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको छ। घोराही उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सिद्धार्थ एकेडेमीले २ स्वर्ण र २ कांस्य पदक जितेर च्याम्पियनको उपाधि हात पारेको हो। प्रतियोगितामा १ स्वर्ण, १ रजत, र २ कांस्यसहित जनज्योति विद्या मन्दिर दोस्रो स्थानमा रह्यो भने पद्मोदय पब्लिक नमुना मावि तृतीय भयो।

उत्कृष्ट खेलाडीको उपाधि छात्रातर्फ जनज्योति विद्यामन्दिरका रञ्जित पुन र छात्रातर्फ लिटिल एञ्जलकी सुप्रिया रोकाले जिते। फाइनलमा सिंगल इभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारीले पद्मोदयका राजीव रेग्मीलाई २–० को सेटमा पराजित गरे। छात्रातर्फ जनज्योतिकी लिला मल्लले लिटिल एञ्जलकी सुप्रिया रोकालाई २–० को सेटमा हराइन्।

डबल इभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चौधरीले जनज्योतिका आभाष घर्ती र रञ्जित पुनलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जिते। छात्रातर्फ पद्मोदयकी सुस्मिता वली र विजया पाठकले लिटिल एञ्जलकी चेतना घर्ती र सुप्रिया रोकालाई २–० को सेटमा हराउँदै स्वर्ण जिते। प्रतियोगितामा ६ विद्यालयका विद्यार्थीले भाग लिएका थिए, जसमा कुल १८ खेल सम्पन्न भयो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट