Techie IT
२०८३ श्रावण १, शुक्रबार

रवि लामिछानेले सहकारीबाट करिब ९५ करोड ठगेको प्रमाण छ ; मुकुल ढकाल


राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा. मुकुल ढकालले रवि लामिछाने विरुद्ध गम्भीर आर्थिक अनियमितताको आरोप लगाएका छन्।

आइतवार सामाजिक सञ्जालमा सार्वजनिक गरेको बयानमा उनले रवि लामिछानेले विभिन्न सहकारीहरूबाट करिब ९५ करोड रुपैयाँ ठगी गरेको दाबी गरेका हुन्। ढकालका अनुसार, यस सम्बन्धी प्रमाण उनीसँग सुरक्षित रहेको छ।

उनले आरोप लगाएका छन् कि लामिछानेले नेपालमा स्वेट सेयर (Sweat Equity) सम्बन्धी कानुन नभएको भन्दै भ्रम फैलाएका छन् र धेरैले यसलाई विश्वास पनि गरेका छन्। ढकालले भनेका छन्, "रवि लामिछानेले स्वेट सेयर सम्बन्धी कानुन छैन भनेर झुट बोलेका छन्। कम्पनी रजिस्ट्रारको कार्यालयमा उनले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर कागजात पेस गरेका छन्।"

उनका अनुसार, लामिछानेले सहकारीबाट १.८ करोड रुपैयाँ ठगी गरी सोही रकमबाट गोर्खा मिडिया नेटवर्कमा सेयर किनेका छन्। ढकालले दाबी गरेका छन् कि लामिछानेले बाहिर भनेको जस्तो स्वेट सेयरको कानुनी प्रक्रिया पालना नगरी कम्पनी रजिस्ट्रारमा आफ्नो सेयर खरिदको जानकारी गराएका छन्।

ढकालले यस मामिलामा रवि लामिछाने विरुद्ध थप प्रमाणहरू रहेको भन्दै आगामी दिनमा ती सार्वजनिक गर्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट