रामग्राममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पश्चिम नवलपरासीको रामग्राममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। रामग्राम नगरपालिका–४ स्थित हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु. प्र.०१.००२ प २०५४ मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेम ढाँडीको मृत्यु भएको हो। घाइते ढाँडीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस