दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक
असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माण कार्य भइरहेकोले सवारी आवागमन बन्द गरिएको हो।
प्रहरीले दिएको जानकारी अनुसार, केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीलाई कृष्ण पाउरोटीको क्षेत्रतर्फ, र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।
सवारी साधन व्यवस्थापनका लागि वैकल्पिक मार्गहरूको प्रयोग गर्न र ट्राफिक निर्देशनको पालना गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस