Techie IT
२०८२ असोज १, बुधबार

दरबारमार्ग कन्सर्टमा बालेन जिन्दावाद भन्ने बझाङ्गका खड्का फरार प्रतिवादी


संविधान दिवसका अवसरमा बिहीबार दरबारमार्गमा आयोजित कन्सर्टमा झडप भएपछि पक्राउ परेका एक युवक फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। कन्सर्टका क्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी हुँदा विवाद उत्पन्न भएको थियो, जसपछि झडप भएको हो।

प्रहरीले घटनास्थलबाट बझाङका तिलक खड्कालाई नियन्त्रणमा लिएको थियो। खड्काको नाम यसअघि पनि आपराधिक घटनामा जोडिएको पाइएको छ। प्रहरीका अनुसार, गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामामाथि खड्काले आक्रमण गरी घाइते बनाएको घटना समेतमा उनी संलग्न रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले खड्काबारे थप अनुसन्धान भइरहेको र पुराना मुद्दाहरूमा पनि अनुसन्धान अघि बढाइने जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट