Techie IT
२०८२ चैत्र ११, बुधबार

कहिले बाट सुरु भयो अन्तर्राष्ट्रिय युवा दिवस ?

नेपालमा आज विभिन्न कार्यक्रम गरी "दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि" भन्ने मूलनारासहित यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।

कहिले बाट सुरु भयो अन्तर्राष्ट्रिय युवा दिवस  ?

सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलनमा आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो। सन् १९९९ को डिसेम्बर १७ मा बसेको राष्ट्रसङ्घको ५४ औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन शुरु गरिएको हो ।

नेपालमा के गरिदै छ ?

नेपालमा आज विभिन्न कार्यक्रम गरी "दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि" भन्ने मूलनारासहित यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।

प्रत्येक वर्ष अगस्ट महिनाको १२ तारिखमा मनाइने युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोहको आयोजना हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट