भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन् ।
उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
प्राधिकरणका सहायक प्रवन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो । उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।
अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस