प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज (सोमाबार)को मन्त्रिपरिषद् बैठक नियमति बैठक भएको जनाइएको छ । बैठकमा सरकारी कामकारबाही र केही महत्त्वपूर्ण निर्णय हुने बताइएको छ ।
बैठक बेलुकी ६ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस