Techie IT
२०८२ जेष्ठ २०, मंगलबार

कुलमानको पदमुक्तविरुद्ध विद्यार्थी संगठन विरोधमा, उर्जामन्त्रीको पुत्ला दहन


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्तविरुद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । 

आज (मंगलबार) प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले घिसिङको पदमुक्तविरुद्ध विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शनकै क्रममा सो संगठनका विद्यार्थी कार्यकर्ताहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन् । 

हिजो (सोमबार) बेलुकी ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको थियो ।

घिसिङलाई सरकारले पदमुक्त गरेसँगै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट